×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘इञ्जिनियरहरू राष्ट्र निर्माणका संवाहक हुन्’- प्रधानमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘इञ्जिनियरहरू राष्ट्र निर्माणका संवाहक हुन्’- प्रधानमन्त्री

Artha Sarokar

१८ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले इञ्जिनियरहरू राष्ट्र निर्माणका संवाहक भएको बताएका छन् । काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एसोसिएसनको १६औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले इन्जिनियरहरू राष्ट्र निर्माणका संवाहक भएको बताएका हुन् । उनले पूर्वाधार निर्माणमार्फत देशलाई समृद्ध एवम् विकसित बनाउन इन्जिनियरहरूको भूमिका महत्वपूर्ण हुने औँल्याएका छन् ।

सडक, यातायात, कलकारखाना, उर्जा, सूचना प्रविधि, कृषि, पर्यटन आदि सबै क्षेत्रको प्रगति एवम विकासका लागि इन्जिनियररूले जिम्मेवार भएर काम गर्न पनि प्रधानमन्त्री दहालले सुझाव दिएका छन् ।

‘इन्जिनियरहरू राष्ट्र निर्माणका संवाहक हुन् । यतिबेला विकास निर्माणका कामहरू भइरहेका छन् ।’, प्रधानमन्त्री दाहालले भने, ‘पूर्वाधार निर्माणमार्फत देशलाई समृद्ध बनाउन, सडक यातायात कलकारखाना उर्जा, सूचना प्रविधि, कृषि, पर्यटन आदि सबै क्षेत्रमा प्रगतिको जरूरत छ ।’

त्यस्तै, उनले नेपाल इन्जिनियर्स एशोसिएसनले इन्जिनियरहरूको क्षमता अभिवृद्धिको लागि स्टाफ कलेजको स्थापनाको प्रयासमा लागिरहेको उल्लेख गर्दै आफू त्यसमा सकरात्मक रहेको बताएका छन् । ‘नेपाल इन्जिनियर्स एशोसिएसनले इन्जिनियरहरूको क्षमता अभिवृद्धि, पेशागत विकास तथा उन्नयनका निम्ति विगत लामो समयदेखि इन्जिनियरिङ स्टाफ कलेजको स्थापना गर्ने विषयमा जोड दिँदै आएको छ । तपाईँहरूको यो चासो र मागलाई मंैले सकारात्मक रूपमा लिएको छु ।’, उनले भने ।

आगामी दिनमा सरकारले आफ्ना गतिविधिहरूलाई पूर्वाधार निर्माणतर्फ लक्षित गर्नुपर्ने भएकाले संघ, प्रदेश र स्थानीय संरचनामा इन्जिनियर एवं प्राविधिक जनशक्तिको समुचित परिचालन र व्यवस्थापन हुन जरूरी रहेको पनि प्रधानमन्त्रीको भनाई रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी