×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युगाण्डाको शिखर सम्मलेनमा प्रधानमन्त्री प्रचण्ड (फोटो-कथा)

PRIME CA

युगाण्डाको शिखर सम्मलेनमा प्रधानमन्त्री प्रचण्ड (फोटो-कथा)

५ माघ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९औं सम्मेलनमा सहभागी भएका छन् । प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा शुक्रबार सम्बोधन गरेका हुन् ।

सम्मेलनमा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी भएका छन् ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी यही माघ ७ गते बिहान काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: