काठमाडौँ । गोर्खा मिडिया नेटवर्क प्रालिको सेयर विवादमा फसेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका लामिछानेले सोमबार ४ः३० बजे पत्रकार सम्मेलन गर्ने जानकारी दिएका हुन् । उनले सोही पत्रकार सम्मेलनमार्फत आफ्ना विषयमा उठेका प्रश्नहरुको जवाफ दिने जनाएका छन् ।
उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिँदै सोमबार दिउँसो ४ः३० बजे पत्रकार सम्मेलन गर्ने जनाएका हुन् । सेयर लिँदा सहकारीको रकम दुरुपयोग गरेको उनीमाथि आरोप छ ।
‘सम्पूर्ण गाली गलोजहरु सुरक्षित राख्नु होला । कुनै दिन मन लागे पछुताउन काम लाग्न सक्छ । पार्टी कार्यालयमा आज ४ः३० बजे पत्रकार सम्मेलनमा प्रश्नसहित आउनुहोला ।’, उनले लेखेका छन् ।
ग्यालेक्सी टेलिभिजन छाड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा भएको समाचार सार्वजनिक भएपछि लामिछाने चर्चामा छन् । लामिछानेले भने गोर्खा मिडियामा आफू स्वेट सेयर वा गुडविल सेयर लिएर गएको र कुनै आर्थिक कारोबार नगरेको बताउँदै आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्