काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बैंकले दिएको पत्रमा मिति गलत भएको स्वीकारेका छन् । सोमबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थ सरकोकारको समाचार हेर्दै रविले बैंकले दिएको पत्रमा मिति गलत भएको स्वीकारेका हुन् ।
उनले बैंकले दिएको पत्रमा भएको मिति गलत भएको तर विवरण सही भएको पनि बताएका छन् । त्यस्तै, उनले पत्रमा भएको मिस्टेकबारे समचार सम्प्रेषण गरेर खबरदारी गरको भन्दै धन्यवाद समेत दिएका छन् ।
सोमबार बैंकले रविलाई दिएको पत्रमा रवि लामिछानेले दिएको निवेदनको मिति २०२४/६/२२ लेखिएको छ । जबकी आज २०२४/१/२२ तारिख हो ।
बैंकले लामिछानेलाई आज दिएको पत्रमा यस्तो कैफियत देखिएको हो । आफ्नो खातामा एक करोड ८० लाख रकम आएको खबर सार्वजनिक भएपछि उनी त्यसको विवरण माग्न ग्लोबल आइएमई बैंक गएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्