Skip to content
LAXMI SUNRISE BANK

रविविरुद्ध युवराज सफलले दिए संसदीय समिति र सभामुखसमक्ष उजुरी

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध संसदको राज्य व्यवस्था समिति र सभामुखसमक्ष उजुरी पुगेको छ । मंगलबार नेपाली नागरिकका तर्फबाट युवराज सफलले उजुरी लामिछानेविरुद्ध दिएका हुन् ।

संसदीय समिति र सभामुख देवराज घिमिरेसमक्ष युवराज सफलले दिएको उजुरीमा सहकारी ठगी प्रकरणमा रविको संलग्नताबारे छानविन गर्न माग गरिएको छ ।

त्यस्तै, सफलले ३५ हजार बचतकर्ताको ५२ करोड घोटाला प्रकरणमा रवि लामिछानेको संलग्नता के कसरी भएको हो ? सो को निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न आवश्यक भएको भन्दै सहकारी ठगीमा रवि लामिछानेको संलग्नताबारे छानविन गर्न छानविन समिति गठन गर्न पनि माग गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK