×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकको शाखा वा सहकारीमा भन्दा बमजनको घरमा बढी पैसा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बैंकको शाखा वा सहकारीमा भन्दा बमजनको घरमा बढी पैसा !

Artha Sarokar

२५ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ‘लिटिल बुद्द’ नामले चर्चित रामबहादुर बमजन उर्फ रामलाल बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सार्वजनिक गरेको छ । बुढानिलकण्ठको हात्तिगौंडाबाट पक्राउ परेका ‘तपस्वी’ बमजनलाई सीआईबीले बुधबार सार्वजनिक गरेको हो ।

‘अपरेशन ब्लु’ चलाएर बमजनालई पक्राउ गरेको सीआईबीले उनको घरबाट मात्रै तीन करोड तीन लाख ७५ हजार पाँच सय रुपैयाँ नेपाली रकम र विभिन्न १७ देशका मुद्रा बरामद गरेको छ । सँगै विभिन्न १६ देशका विदेशी मुद्रा नेपालीमा ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बरामद भएको सीआईबीका एसएसपी दिनेश आचार्य जानकारी दिएका छन् ।

अनुयायीहरुलाई यौन दुराचार गरेको, अनुयायीहरुलाई बेपत्ता गरेको, ठगी गरेको आरोप लागेका बमजनको घरबाट बरामद गरिएको पैसा देख्दा लाग्थ्यो, यो कसैको घरबाट बरामद भएको पैसा होइन, ठिकठाक चलिरहेको एउटा बैंकको शाखाको सबै पैसा हो । काठमाडौँको एउटा सहकारीसँग पनि क्यास हुँदैन त्यति पैसा, जति बम्जनले एक्लै लुकाएर राखेका थिए ।

उनको फुटेको कौडी आम्दानी गर्ने स्रोत छैन । तर, ५ करोडको गाडी किन्नका लागि उनले धुम्बाराहीको एउटा कम्पनीलाई ३ करोड रुपैयाँ एडभान्स बुझाइसकेको प्रहरीको अनुसन्धानले देखाएको छ । यति मात्र होइन बम्जनले मोबाइल मात्र १४ वटा बोक्ने गरेको सीआईबीको अनुसन्धानले देखाएको छ । कुनै देशको राजकुमारजसरी उनीसँग क्रस फायर, केटीएम ड्युक, यामाहा रे जेडआर स्कुटरलगायत चार वटा मोटरसाइकल पनि थियो । २ वटा ल्यापटप र ५ वटा आईप्याड तथा ट्याब बोकेर बडो शानका साथ हुईकिन्थे बम्जन ।

अव के हुन्छ ?
अव उनीविरुद्ध विभिन्न खाले मुद्धा चल्छन् । हत्या, वा बलात्कारमा दोषी ठहर भए उनले लामो समय जेलमै ध्यान गर्नुपर्ने स्थिति आउनेछ । सो मुद्धामा उनले सफाई पाए भने पनि उनीमाथि सम्पत्ति सुद्धिकरण, डलर अपचलन, ठगी लगायतका मुद्धा चल्नेछन् । उनी जेल जाने सम्भावना अधिक छ, उनले सबै मुद्धामा सफाई पाए भने पनि उनी लामो समय प्रहरी हिरासतमा बस्नुपर्ने पक्कापक्की भएको छ ।

रामबहादुरका नाममा विभिन्न कार्यक्रमहरु चले, उनका नाममा थुप्रै रकम चन्दाका नाममा संकलन भए । कतिले उनलाई ल्याबटप, आईप्याड, मोबाइल उपहार दिए, कति उनले आफैंले किने । यसरी सांसारिक मोहदेखि टाढा रहेर अध्यात्मसँग मन जोड्न सिकाउनुपर्ने साधु आफैं ठग भएर निस्कियो र करोडौंको साम्राज्य खडा गर्यो ।

अहिले अनुसन्धानलाई प्रभावित पार्न विभिन्न खालको लविङ सुरु गरेका छन् उनका अनुयायीहरुले । अनुसन्धानलाई प्रभावित पार्नेगरी जुलुस गर्ने, प्रदर्शन गर्ने, मान्छे जम्मा पार्ने, पूर्वमन्त्रीहरु उनलाई भेट्न जानेजस्ता काम भईरहेका छन् । तर उनीबाट पीडीत भएको बताउनेहरु भने यतिबेला न्यायको आशमा बसिरहेका छन् । प्रहरीले उचित छानविन गरोस्, उनी दोषी ठहर भए कडा भन्दा कडा कारवाही होस् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी