काठमाडौँ । मंगलबार पक्राउ परेका रामबहादुर बमजनको घरबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ३ करोड बढी रुपैयाँ बरामद गरेको छ । बुढानिलकण्ठको हात्तिगौंडास्थित उनी बसिरहेको घरमा छापा मार्दा १६ वटा देशको मुद्रासहित कम्तिमा ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको हो ।
बमजनको घरबाट अमेरिकन डलर, थाई र क्यानडियन लगायतका मुद्रासहित कम्तिमा २० वटा मोबाइल, दुई वटा ल्याप्टप र १५ वटा पेनड्राइभ पनि बरामद गरिएको सीआईबीका एक अधिकारीले बताएका छन् ।
आफूलाई पक्राउ गर्न प्रहरी आउँदै गरेको थाहा पाएपछि बमजन दुई तलामाथिबाट हाम फालेर भाग्ने प्रयास गरेका थिए । यद्यपि सीआईबीको टोलीले उनलाई मंगलबार नै पक्राउ गरिसकेको छ । बमजन बुढानिलकण्ठमा आफ्नी श्रीमती र छोराछोरीसहित बस्दै आएका थिए ।
उनीमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको आरोप लागेको छ । हाल बजमनका समर्थकहरु महाराजगन्जस्थित सीआईबीको कार्यालयमा पुगेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्