काठमाडौं। धनगढी उपमहानगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्धधाटन धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले गरेकी हुन् ।
५ दिनसम्म संचालन हुने प्रतियोगितामा धनगढी उपमहानगरपालिका भित्रका २५ सामुदायिक र १२ संस्थागत गरि ३७ वटा विद्यालयको सहभागीता रहेको छ । प्रतियोगितामा सामुदायिक विद्यालयका १२३७ र संस्थागत विद्यालयका २५५ गरि १४९२ खेलाडी सहभागि भएका छन् ।
प्रतियोगितामा छात्रा र छात्र तर्फका भलिबल, कबड्डी, दौड, हाईजम्प, लङ्गजम्प, त्रिपलजम्पमा , ज्यावलिङ थ्रो, सटपट, मार्सल आर्ट, तेक्वान्दो, उसु जस्ता खेलहरु खेलाइने जनाइएको छ । बाँकी तस्विरमा हेर्नुहोस् :