Skip to content
LAXMI SUNRISE BANK

नियमविपरित गौशाला २६ को पहिचान खुलाउने व्यक्ति रास्वपाका कार्यकर्ता, रविको निर्देशनमा पार्टीले गर्यो निलम्बन

अर्थ सरोकार

काठमाडौँ । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित ‘गौशाला २६’ को पहिचान खुलाउने व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता भएको पाइएको छ । सामाजिक सञ्जालमा गौशाला २६ भन्दै युवतीको फोटो सार्वजनिक गर्ने व्यक्ति रास्वपाका कार्यकर्ता भएको पाइएको हो ।

नियमविपरित गौशाला २६ को पहिचान खुलाएको थाहा पाएपछि पार्टीका सभापति रवि लामिछानेको निर्देशनमा चितवनका दिवश सापकोटालाई पार्टीले निलम्बन गरेको छ ।

एक सूचना जारी गर्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिको सदस्यसमेत रहेका सापकोटालाई निलम्बन गरेको जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK