×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित दुई जना पक्राउ

PRIME CA
GLOBAL IME BANK

रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित दुई जना पक्राउ

२४ पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित दुई जना पक्राउ परेका छन् । सहकारीको १२ करोड रकम हिनामिना गरी फरार रहेका अध्यक्ष हर्क बहादुर कठायत र सदस्य विनोद कुमार ओझालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरूले सहकारीका बचतकर्ताको १२ करोड ३५ लाख ४८ हजार २०२ रुपैयाँ हिनामिना गरी फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई निक्षेपकर्तालाई आर्कषक ब्याजदर दिन्छु भनी प्रलोभनमा परेर रकम ठगी गरेको आरोप लागेको छ ।

पक्राउ परेका उनीहरुको आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: