×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गाउँपालिकामा अभियान- ‘युवालाई सिप सिकाउने, बजारमा बिकाउने, सकेसम्म गाउँमा नै टिकाउने’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गाउँपालिकामा अभियान- ‘युवालाई सिप सिकाउने, बजारमा बिकाउने, सकेसम्म गाउँमा नै टिकाउने’

Artha Sarokar

१७ पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सामुदायिक विकास समाज (सीडीएस)ले रामेछापको खाँडादेवी गाउँपालिकामा ‘युवालाई सिप सिकाउने, बजारमा बिकाउने र सकेसम्म गाउँमा नै टिकाउने’ अभियान सुरु गरेको छ ।

समाजले गाउँपालिकाका युवालाई स्वरोजगार बनाई श्रम बजारमा बिक्ने बनाउन स्वरोजगार मूलक तालिम सञ्चालन गरिरहेको सीडीएसका कार्यकारी निर्देशक मिलनकुमार घिसिङले बताएका छन् । गाउँपालिकासँगको समन्वय तथा विभिन्न साझेदार संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा सीडीएसले गाउँपालिकाका युवालाई प्राविधिक तथा व्यावसायिक सिप सिकाइरहेको घिसिङले बताए ।

संस्थाले कम्प्युटर, मोटरसाइकल मर्मत, हाते ट्याक्टर मर्मत, सिलाई, ब्युष्टिसियन, विभिन्न जातका तरकारी खेती लागायता तालिम स्थानीय युवालाई प्रदान गरिहरेको संस्थाका फिल्ड कोअर्डिनेटर सुकराम घिसिङले जानकारी दिएका छन् । ‘युवालाई सिप सिकाउने र श्रम बजारमा बिकाउने र सकेसम्म उद्यम गर्न चाहन्छन् भने गाउँमा नै टिकाउने कार्यक्रम हामीले सुरु गरेका हौँ’, घिसिङले भने ।

यसरी सिप सिकेकाहरुले गाउँमा नै बसेर आफ्नो परिवारसँग रमाउन र कमाउन सक्ने विश्वासका साथ खाँडादेवी र सुनापति गाउँपालिकामा यो कार्यक्रम सञ्चालन भइरहेको घिसिङले जानकारी दिएका छन् ।

सामुदायिक विकास समाजलाई प्राविधिक सहयोग गर्दै आएको चाइल्ड एड नेटवर्क जर्मनीको तर्फबाट रामेछापमा कार्यक्रम हेरिरहेका अभिषेक थापा स्थानीयलाई प्राविधिक ज्ञान सिकाएर व्यवसायी बनाउनु कार्यक्रमको मुख्य लक्ष रहेको बताइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी