×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्यदर्शन सहकारीका दुई सञ्चालक पुर्पक्षका लागि जेल चलान

PRIME CA
GLOBAL IME BANK

सूर्यदर्शन सहकारीका दुई सञ्चालक पुर्पक्षका लागि जेल चलान

१९ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा निक्षेपकर्ताको बचत रकम अपचलन गरेको अभियोगमा दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतमा थुनछेक बहसपछि न्यायाधीश वसन्तजङ्ग थापाको एकल इजलासले सहकारीका पूर्वसञ्चालक समितिका सदस्यद्वय शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई कारागार पठाउने आदेश गरेको हो ।

सहकारीका सञ्चालकले निक्षेपकर्ताको बचत फिर्ता नगरेका र सहकारीको रकम हिनामिना गरेको बचतकर्ताको जाहेरीपछि कास्की प्रहरीले गत भदौ २५ गते उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनीहरुले मङ्गलबार अदालतमा आत्मसमर्पण गरेका थिए ।

सूर्यदर्शन सहकारी सम्बद्ध १९ जनाविरुद्ध रु एक अर्ब ११ करोड बिगो दाबीसहित अदालतमा मुद्दा दर्ता गरिएको छ । सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेललाई यसअघि नै पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: