×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा यसरी मनाइयो शहीद दिवस… (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : १६ माघ २०८०, मंगलवार

PRIME CA

काठमाडौँमा यसरी मनाइयो शहीद दिवस… (फोटो-कथा)

काठमाडौँ । प्रत्येक वर्ष माघ १६ गते मनाइँदै आएको शहीद दिवस यसवर्ष पनि मनाइएको छ । शहीद स्मारक लैनचौरमा एक विशेष कार्यक्रमको आयोजना गर्दै दिवस मनाइएको हो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले शहीदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेका छन् । त्यस्तै, प्रधानमन्त्रीले उहाँले जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति विसं १९९७ मा आफ्नो जीवनको बलिदान गर्ने महान् शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायतका शहीदको स्मरण र सम्मान गरेका छन् ।

प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए । त्यस्तै, आज शहीद दिवसको अवसरमा शहीद दिवसका अवसरमा विभिन्न राजनीतिक दल, दलका नेता तथा जनप्रतिनिधिहरुले हानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्जालो दिन जीवन अर्पण गरेका शहीदहरुप्रति सम्मान व्यक्त गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: