×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेजबीच स्वास्थ्य सम्झौता, ग्राहकहरुलाई विशेष छुट

PRIME CA
GLOBAL IME BANK

सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेजबीच स्वास्थ्य सम्झौता, ग्राहकहरुलाई विशेष छुट

२४ पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरबीच बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीहरुलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रबिन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरले बैंकका ग्राहक, कर्मचारी, तथा सेयरधनीहरुलाई विभिन्न किसिमका स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरीकाबाट प्रदान गर्नेछ । स्वास्थ चेक जाँचमा कर्मचारी तथा सेयरधनीहरुलाई १५ प्रतिशत र बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: