×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंक र निर्णायक ल्याबबीच सम्झौता, ग्राहकहरुलाई स्वास्थ्य जाँचमा ४० प्रतिशतसम्म छुट

PRIME CA

सानिमा बैंक र निर्णायक ल्याबबीच सम्झौता, ग्राहकहरुलाई स्वास्थ्य जाँचमा ४० प्रतिशतसम्म छुट

२५ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सानिमा बैंक लिमिटेड र निर्णायक रेफेरेन्स ल्यावबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतासँगै दमकको निर्णायक रेफेरेन्स ल्याव प्रालिमा सानिमा बैंकका ग्राहकहरुले स्वास्थ्य परिक्षण गर्दा ४० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

सम्झौतापत्रमा निर्णायक ल्याबका कार्यकारी निर्देशक कृष्ण कार्की र सानिमा बैंक दमक शाखाका म्यानेजर अजय कुमार यादवले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार अव सानिमा बैंकका ग्राहकहरुले निर्णायक ल्यावमा जुनसुकै स्वास्थ्य परिक्षण गराउँदा १० देखि ४० प्रतिशतसम्म छुट पाउनेछन् । निर्णायक ल्याव दमककै एकमात्र अत्याधुनिक मेशिनहरु भएको रेफेरेन्स ल्याव हो ।

सानिमा बैंकका भिषा कार्ड, क्रेडिक कार्ड, मोवाइल तथा इन्टर्नेट बैंकिङ लगायतका डिजिटल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले छुटको सुबिधा पाउने छन् ।

जुनसुकै स्वास्थ्य परिक्षण गराउँदा १० देखि ३० प्रतिशत र होलबडीका प्याकेज गर्नेहरुलाई २० देखि ४० प्रतिशत छुट दिइने ल्यावका कार्यकारी निर्देशक कृष्ण कार्कीले जानकारी दिए । कार्कीका अनुसार सानिमा बैंकका देशैभरीका डिजिटल बैंकिङ प्रयोग गर्नेहरुले यो छुटको सुबिधा पाउने छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: