Skip to content
LAXMI SUNRISE BANK

आफ्नै घरको ५औँ तलाबाट हाम फालेका व्यवसायीको मृत्यु

अर्थ सरोकार

काठमाडौँ । धनगढीमा आफ्नै घरको ५औँ तलाबाट हाम फालेका व्यवसायी सन्तोष अग्रवालको मृत्यु भएको छ । बुधबार धनगढीको बसपार्कस्थित आफ्नै घरको ५औँ तलाबाट हाम फालेका अग्रवालको अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो ।

घरको ५औँ तलाबाट हाम फालेपछि उपचारका लागि नजिकै रहेको नवजिवन अस्पताल पुर्याएकोमा चिकित्सकले अग्रवाललाई मृत घोषणा गरेको हो ।

हाल उनको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ । उनको टाउकोको बायाँ पट्टीको भाग फुटेको थियो । उनी घरको ५औँ तलाबाट हाम फाल्नुको कारण भने खुलेको छैन । अग्रवाल बसर्पाकस्थित सन्दीप स्टोरका सञ्चालकसमेत हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK