×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनलाइन सट्टेबाजी गराउने तीन जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अनलाइन सट्टेबाजी गराउने तीन जना पक्राउ

Artha Sarokar

२६ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अनलाइनमार्फत् जुवा खेलाउँदै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पाण्डा जस्ता एप्लिकेसनमार्फत् अनलाइनमा बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई अनलाइनमार्फत् जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने ताराप्रकाश साँवाको छोरा २५ वर्षीय पुजन साँवा, सर्लाहीको बागमती घर भई हाल अनामनगर बस्ने नवराज कार्कीको छोरा २१ वर्षीय निशानराज कार्की र सर्लाही बरहथवा घर भई हाल भक्तपुरको सुर्यविनायक बस्ने नारायण गौतमको छोरा २५ वर्षीय निशान गौतम रहेका छन् ।

उनीहरूलाई पक्राउपछि थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मा लगाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिएका छन् ।

रेग्मीका अनुसार पुजन, निशानराज र निशानले अनलाइनका विभिन्न एपहरूमार्फत हारजित हुने र आम्दानी हुने भन्दै सट्टेबाजी गराई खेल खेलाउने गरेका थिए । प्रहरीले त्यस्तो कार्यमा प्रयोग हुँदै आएको ल्यापटप र मोवाइलसमेत उनीहरूबाट बरामद गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी