×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खराब कर्जा बढेपछि एसबिआई बैंकको नाफा २८ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानीमा पनि गिरावट (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

खराब कर्जा बढेपछि एसबिआई बैंकको नाफा २८ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानीमा पनि गिरावट (विवरणसहित)

Artha Sarokar

७ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल एसबिआई बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २८.६० प्रतिशतले घटेको हो । यस अवधिमा बैंकले ८४ करोड ५ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १७ करोड ७१ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यसअवधिमा बैंकको ईपीएस ६ रुपैयाँ ७५ पैसाले घटेर १६ रुपैयाँ ५१ पैसामा सिमित भएको छ ।

बैंकले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा बैंकको खराब कर्जा १.८२ प्रतिशतले बढेर २.२९ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.५६ प्रतिशतले घटेर २ अर्ब ६५ करोड ८५ लाख ४२ हजार रुपैयाँ कायम भएको छ ।

यस अवधिमा बैंकको सञ्चालन नाफा पनि २८.९१ प्रतिशतले घटेर १ अर्ब १८ करोड ३९ लाख ६९ हजार रुपैयाँमा सिमित भएको छ । चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँ रहेको बैंकको वितरणयोग्य मुनाफा भने ४९ करोड ५५ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी