काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
श्रेष्ठको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य रहेका छन् ।
अब सिफारिस समितिले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ अनुसार बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि नाफ सिफारिस गर्नेछ । सोहीका आधारमा मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्ष नियुक्त गर्नेछ । हाल बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि बोर्ड अध्यक्षविहीन छ ।
बोर्डको अध्यक्ष बन्न थुप्रैजनाले लविङ पनि सुरु गरिसकेका छन् । तर, बोर्ड अध्यक्षमा पुनः रमेशकुमार हमाललाई नै दोहोर्याउने भन्ने विषयमा सरकार सकारात्मक रहेको पनि बुझिएको छ । २१ महिनाको कार्यकालमा हमालले गरेको कामबाट प्रभावित भएका स्वयम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पनि यस विषयमा सकारात्मक रहेको बुझिएको छ ।
यता बोर्डका तत्कालीन अध्यक्ष हमालले पनि आफ्नो पुनर्नियुक्तिका लागि बिन्ती नबिसाउने तर जिम्मेवारी पाए पूरा गर्ने बताएका छन् । यद्यपि सिफारिस समितिले सिफारिस गरेका नामहरुबाट एकजनालाई मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्ष नियुक्त गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्