काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी डा.नबराज अधिकारीलाई दिएको छ । आइतबार अर्थ मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै बोर्डको वरिष्ठ कर्मचारीको हैसियतमा अधिकारीलाई निमित्त अध्यक्षको जिम्मेवारी दिएको हो ।
गत पुष २० गते बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि अहिले बोर्ड नेतृत्वविहीन छ । योसँगै अब बोर्डको नयाँ अध्यक्ष नियुक्त नहुदाँसम्म अधिकारीले बोर्डको नेतृत्व सम्हाल्नेछन् ।
यसो त बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । अर्थ मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य रहेको उक्त समितिले बोर्डको अध्यक्ष कसलाई बनाउने ? भन्नेबारे नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । सोही सिफारिसका आधारमा सरकारले एकजनालाई बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्