×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वस्थानी व्रत कथाको शुभारम्भसँगै शालीनदीमा भक्तजनको घुइँचो (फोटो-कथा)

PRIME CA

स्वस्थानी व्रत कथाको शुभारम्भसँगै शालीनदीमा भक्तजनको घुइँचो (फोटो-कथा)

११ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आजबाट स्वस्थानी ब्रत कथा सुरु भएको छ । स्वस्थानी सुरु भएसँगै साँखुको शालीनदी क्षेत्रमा भक्तजनको घुइँचो लागेको छ ।

ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक महत्वको स्थल साँखुको शालीनदी क्षेत्रमा स्वस्थानी मेलाका लागि तयारी पुरा भएको छ । माधवनारायण र स्वस्थानीको पूजास्थल शालीनदी क्षेत्रमा एक महिना मेला लाग्छ । बिहीबारदेखि सुरु हुने मेलाका लागि उक्त क्षेत्र सरसफाइ र सवारी पार्किङ व्यवस्थापन गरिएको छ । परापूर्वकालदेखि यहाँ महिनासम्म श्रद्धालुको आवागमन हुने गरेको छ ।

हरेक वर्ष पौष शुक्लपूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म हुने मेला यसपटक माघ ११ देखि फागुन १२ गतेसम्म चल्दैछ । व्रत र मेलाका लागि शालीनदी परिसरमा धुमधामका साथ तयारी छ । बाँकी तस्विरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: