×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंक र होटल शाराबीच सम्झौता, ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुट

PRIME CA
GLOBAL IME BANK

सांग्रिला डेभलपमेन्ट बैंक र होटल शाराबीच सम्झौता, ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुट

२४ पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र होटल शारा प्रा. लि बीच सम्झौता भएको छ । बैंकका ग्राहक, कर्मचारीहरुलाई विभिन्न किसिमका आवाश तथा रेष्टुरेन्ट सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र होटल शाराका तर्फबाट कम्पनीका कार्यकारी निर्देशक पृथ्वी सुवेदीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले होटल शारामा खाना, सौना र स्पा तथा पेय पदार्थमा १० प्रतिशत तथा आवाशमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै भोजका निम्ति हलहरुमा १५ प्रतिशत छुट दिइने जनाईएको छ ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: