×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १०.२५ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बुधबार १०.२५ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

१० माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८.०४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३११ कम्पनीको १ करोड १० लाख ४९ हजार ९ सय ४९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८९ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज पनि सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको २५ करोड १५ लाख ६८ हजार ६७ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा चन्द्रागिरी हिल्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा मिड-सोलु हाइड्रोपावर, गुराँस लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था, श्रीजनशिल लघुवित्त र सनराइज ब्लुचिप फण्डका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची :

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको २५ करोड १५ लाख ६८ हजार ६७ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा ङ्गादि ग्रुप पावर, अरुण काबेली पावर, एनआरएन इन्फ्रास्ट्रकचर, अपि पावर र गरिमा डेबेञ्चर २०८५मा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची :

यस्तै बुधबारको सेयर बजारमा तेर्हथुम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । तेर्हथुम पावरमा यस्तो गिरावट आउँदा एनएमबि माइक्रो फाइनान्स, सीवाईसी नेपाल लघुवित्त, कामना सेवा विकास बैंक र हाथवे इन्भेस्टमेन्टमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूची :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी