×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पृथ्वी राजमार्गको सिद्धार्थ रिभरसाइड रिसोर्टको खानालाई ‘अतिउत्तम वर्ग’ को प्रमाणीकरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पृथ्वी राजमार्गको सिद्धार्थ रिभरसाइड रिसोर्टको खानालाई ‘अतिउत्तम वर्ग’ को प्रमाणीकरण

Artha Sarokar

५ माघ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पृथ्वी राजमार्गको सिद्धार्थ रिभरसाइड रिसोर्टको खानालाई ‘अतिउत्तम वर्ग’को प्रमाणीकरण गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले सिद्धार्थ ग्रुपको रिसोर्टलाई ‘क’ वर्गको अतिउत्तम स्तर निर्धारण गरी प्रमाणपत्र दिएको छ ।

खाद्य प्रविधि तथ गुण नियन्त्रण कार्यालयले खाद्य स्वच्छता स्तरमा क-अतिउत्तम, ख-उत्तम, ग-सन्तोषजनक र घ-सामान्य गरी ४ वर्गमा वर्गीकरण गर्दै आएको छ । सिद्धार्थ रिभरसाइडले पाएको वर्गीकरण सबैभन्दा उत्कृष्ट स्तर हो ।

पृथ्वी राजमार्गको मध्य भागमा रहेको उक्त रिसोर्टबाट काठमाडौं र पोखरा १००/१०० किलोमिटरको दूरीमा पर्छ ।

भैरहवाको पहिलो पाँचतारे होटल ‘सिद्धार्थ भिलासा’, सौराहाको ‘लक्जरी रिसोर्ट’, सिद्धार्थ भिलासा वनवास लगायत देशका विभिन्न सहरमा सिद्धार्थ ग्रुपका तारे होटल, रिसोर्ट, कटेज, क्याफे सहित करिब ३ दर्जन आउटलेट सञ्चालनमा छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी