×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा भरत बहादुर कार्की नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा भरत बहादुर कार्की नियुक्त

Artha Sarokar

११ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् । बैंकको रिक्त रहेको स्वतन्त्र संचालक पदमा ललितपुर-१४, नखिपोट निवासी कार्की नियुक्त भएका हुन् ।

बैंकको संचालक समितिको बैठकले आगामी ४ वर्षको लागि स्वतन्त्र संचालक पदमा उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

साथै, नव नियुक्त संचालक भरत बहादुर कार्कीद्वारा बैंकको कर्पोरेट कार्यालय, बनेपामा सम्पन्न कार्यक्रममा बैंकको अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा बैंकको संचालक समिति समक्ष शपथ ग्रहण कार्य समेत सम्पन्न भएको छ ।

बैंकले हालसम्म सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर जिल्लामा समेत गरी कुल २६ शाखा र १ सिमिति बैंकिङ ईकाई गरी कुल २७ स्थानहरुबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी