Skip to content
LAXMI SUNRISE BANK

स्मार्ट डोर्सले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

अर्थ सरोकार

काठमाडौं। स्मार्ट डोर्स लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ।  कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा दुई लाख ८० हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । पौष १७ गते आयोजित एक कार्यक्रममा स्मार्ट डोर्सको तर्फबाट अध्यक्ष मिता मुरारका अग्रवाल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सन् २०७८ मा स्थापना भएको यस कम्पनीले नेपालमा विभिन्न प्रकारको ढोकाहरु उत्पादन तथा बिक्रि गर्दै आईरहेको छ । कम्पनीले जर्मनी प्रविधिका मेशिनहरुबाट गुणस्तरीय ढोकाहरु २५ बर्षिय वारेन्टीका साथ नेपालमै उत्पादन गर्दै आईरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK