×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा गिरावट, खराब कर्जा बढ्दा ईपीएस सामान्य घट्यो (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा गिरावट, खराब कर्जा बढ्दा ईपीएस सामान्य घट्यो (विवरणसहित)

Artha Sarokar

७ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.५५ प्रतिशत कम हो । गत आर्थिक वर्षको समीक्षा अवधिमा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५४ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिसन आम्दानी १५.४० प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी २.७७ प्रतिशत र सञ्चालन मुनाफा १.५० प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.७२ प्रतिशतबाट बढेर १.६ प्रतिशत पुगेको छ । त्यस्तै, यसअवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३१ करोड रुपौयँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा २३ रुपैयाँ ९४ पैसा रहेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षैको दोस्रो त्रैमासमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी ५८ पैसाले घटेर ३६ रुपैयाँ ६२ पैसामा झरेको छ । त्यस्तै, यसअवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ५८ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी