काठमाडौँ । विद्यार्थी नपाएपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका इन्जिनियरिङ कलेजहरुमा २५ प्रतिशत सिट खाली भएको छ । इन्जिनियरिङ पढ्ने विद्यार्थी नै नपाउँदा त्रिविको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतका क्याम्पसहरुमा २५ प्रतिशत सिट खाली भएका हुन् । संस्थानले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार इन्जिनियरिङ कलेजहरुमा २५.२० प्रतिशत सिट संख्या खाली छ ।
कुनैबेला भर्नाका लागि निकै प्रतिस्पर्धा गर्नुपर्ने पुल्चोक, थापाथली लगायतका इन्जिनियरिङ क्यापसमा समेत यसपाली धेरै सिट खाली छन् ।
इन्जिनियरिङ अध्ययन संस्थानका अनुसार कुल चार हजार ३ सय ४४ सिट संख्यामध्ये यसपाली इन्जिनियरिङ क्याम्पसहरुमा एक हजार ९५ सिट खाली छन् । जसमध्ये पुल्चोक क्याम्पसमा जम्मा सिटसंख्या ६२४ मध्ये २ सिट, थापाथली क्याम्पसमा ४३२ सिटमा २१ सिट, पश्चिमाञ्चल क्याम्पसमा ४३२ मध्ये ५८ सिट र पूर्वाञ्चल क्याम्पसमा ५२८ मध्ये ६७ सिट खाली छन् ।
त्यस्तै, संस्थाका अनुसार काडमाण्डु इन्जिनियरिङ कलेजमा १४७, कान्तिपुर इन्जिनियरिङ कलेजमा १९५, सगरमाथा इन्जिनियरिङ कलेजमा २८, एडभान्स कलेज अफ इन्जिनियरिङमा ११४, हिमालय कलेज अफ इन्जिनियरिङमा ११४, नेसनल कलेज अफ इन्जिनियरिङ २५, ललितपुर इन्जिनियरिङ कलेजमा २९, काथफोर्ड इन्जिनियरिङ एन्ड मेनेजमेन्टमा ८८, जनकपुर इन्जिनियरिङ कलेजमा १६० र ख्वप कलेज अफ इन्जिनियरिङमा १६ सिट खाली रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्