×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित

२४ पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा श्रेष्ठले एक हजार ५१५ मत प्राप्त गरेका हुन्। श्रेष्ठका प्रतिस्पर्धी सिरिष पन्तले ८४३ मत प्राप्त गरेका थिए ।

संघको नयाँ कार्यसमितिमा श्रेष्ठको प्यानलका अधिकांश उम्मेदवार निर्वाचित भएका छन् । पन्त भने एक्लै निर्वाचनमा भाग लिएका थिए । संघको नयाँ कार्यकालको लागि सुमनकुमार श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएका हुन् ।

श्रेष्ठसहित नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी र तीनजना उपाध्यक्षहरूमा राजेन्द्र ओली, नारायण प्रधान र अशोक अधिकारी निर्वाचित भएका छन् । कुल दुई हजार ९७४ मत रहेको चितवन उद्योग वाणिज्य संघमा सोमबार भएको मतदानमा दुई हजार ४१४ मत खसेको थियो ।

मतदानबाट कार्य समितिमा निर्वाचित सदस्यहरूमा उद्योग तर्फबाट अशोक श्रेष्ठ, इमान्दु बराल, उपेन्द्र पण्डित, धनप्रसाद पोखरेल, पूर्णिमा जोशी र शंकर अधिकारी निर्वाचित भएका छन् । त्यसैगरी वाणिज्य तर्फ गुणराज पौडेल, दाताराम घिमिरे, दीपा शाही, श्रीकृष्ण लम्साल, सन्तोषजनक भुसाल र सुनिता लिगल कर्मचार्य चयन भएका छन् । महिला सदस्य तर्फ अस्मिता तिमिल्सिना विजयी भएकी छन् ।

अध्यक्षमा विजयीभएसगैँ अध्यक्ष श्रेष्ठ चितवनको आर्थिक विकासका लागि आफू नयाँ ढंगले अगाडी बढ्ने बताए । उनले वयवसायीहरुको हकहितसगैँ आर्थिक चलायमानका लागि नयाँ रणनीति अबलम्बन गर्ने प्रतिवद्धता जनाएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: