काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले काठमाडौँका विभिन्न कलेजका विद्यार्थीहरुलार्य सेयर बजार सम्बन्धी सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ । सन सेक्युरिटिज प्रा.लि.ले ग्लोबल कलेज र एपोलो कलेजका बिबीए तहका विद्यार्थीहरुलाई सेयर बजार सम्बन्धी तालिम प्रदान गरेको हो ।
तालिम कार्यक्रममा ग्लोबल कलेजका बिबीए तहका करिब १५० र एपोलो कलेजका ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
तालिम कार्यक्रममा नेपालको सेयर बजारको आधारभूत पक्ष, नेपालको सेयर बजारको वर्तमान अवस्था, कम्पनी विश्लेषणका विधिहरु, व्यवस्थापन तथा प्राविधिक विश्लेषण बारेमा तालिम प्रदान गर्नुका साथै विद्यार्थीहरुसँग भएका सेयर बजारसँग सम्बन्धित विभिन्न समस्या तथा तिनको समाधानका विषयमा अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा सन सेक्युरिटिजका तर्फबाट सुशिल भट्टराई र सैयम बज्राचार्यले तालिम प्रदान गरेका थिए भने यसको संयोजन सन सेक्युरिटिजका सैयम बज्राचार्यले गरेका थिए ।
तालिम कार्यक्रमको सम्बन्धमा बोल्दै प्रशिक्षक शुशिल भट्टराईले नियमित रुपमा प्रत्येक शुक्रबार सन सेक्युरिटिज प्रा.लि.ले आफ्नै कार्यालयमा विहान ११ बजे देखि १ बजेसम्म आधारभूत शेयर तालिम कार्यक्रम र दिउँसो २ बजे ४ बजेसम्म बेसिक प्राविधिक विश्लेषण तालिम कार्यक्रम सञ्चालन गरिने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्