काठमाडौं । सन सेक्युरिटिजले पृथ्वी जयन्तीको अवसरमा सेक्युरिटिजको कार्यालयमा लगानीकर्ताहरुलाई सेयर बजार सम्बन्धी सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ । २ वटा सेसन गरेर सञ्चालन गरिएको तालिम कार्यक्रममा १०० जना लगानीकर्ताहरुको सहभागिता रहेको थियो ।
बिहान ११ बजेदेखि १ बजेसम्म सेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो भने दिउँसो २ बजेदेखि ४ बजेसम्म सेयर बजारको प्राविधिक विश्लेषण सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो ।
तालिम कार्यक्रममा नेपालको सेयर बजारको आधारभूत पक्ष, नेपालको सेयर बजारको वर्तमान अवस्था, कम्पनी विश्लेषणका विधिहरु तथा प्राविधिक विश्लेषण बारेमा तालिम प्रदान गर्नुका साथै सहभागी लगानीकर्ताहरुसँग सेयर बजार सम्बन्धित अनुभव तथा समस्या र तिनको समाधानका विषयमा अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा सन सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरी, सुशिल भट्टराई रबि बुढाथोकी र सैयम बज्राचार्यले तालिम कार्यक्रम प्रदान गरेका थिए भने तालिम कार्यक्रमको संयोजन सन सेक्युरिटिजका अनुशा हलवाईले गरेका थिए ।
तालिम कार्यक्रमको सम्बन्धमा बोल्दै कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण गिरीले नियमित रुपमा प्रत्येक शुक्रबार सन सेक्युरिटिज प्रा.लि.ले आफ्नै कार्यालयमा बिहान ११ बजे देखि १ बजेसम्म आधारभूत सेयर तालिम कार्यक्रम र दिउँसो २ बजेदेखि ४ बजेसम्म प्राविधिक विश्लेषण तालिम कार्यक्रम सञ्चालन गरिने बताए । साथै आगामी सोमबार माघे सक्रान्तिको अवसरमा समेत सेयर बजार सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरिने र इच्छुक लगानीकर्ताहरुले तालिम कार्यक्रममा सहभागी हुन पाउने बताएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्