Skip to content
LAXMI SUNRISE BANK

सन सेक्युरिटिजद्वारा सेयर बजार सम्बन्धी सचेतना तथा तालिम कार्यक्रम सञ्चालन

अर्थ सरोकार

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले सेयर बजार सम्बन्धी सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ । सन सेक्युरिटिज प्रा.लि.ले सञ्चालन गरेको सचेतना तथा तालिम कार्यक्रम बिहान १०ः३० बजे देखि १ बजे सम्म र दिउँसो २ बजेदेखि ४ बजे गरेर २ वटा सेसनमा आयोजना गरिएको थियो ।

दुबै सेसनमा गरेर कुल ६० जना लगानीकर्ताहरुले सेयर बजारको आधारभूत पक्ष, नेपालको सेयर बजार, कम्पनी विश्लेषण, पोर्टफोलियो व्यवस्थापन तथा प्राविधिक विश्लेषण बारेमा तालिम लिनुका साथै लगानीकर्ताहरुसँग रहेका सेयर बजारसँग सम्बन्धित विभिन्न समस्या तथा समस्याको समाधानका विषयमा अन्तरक्रिया भएको थियो ।

तालिम कार्यक्रम सन सेक्युरिटज प्रा.लि.मा आयोजना गरिएको थियो । सो कार्यक्रममा सन सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरीका साथै प्राविधिक विश्लेषक शुशिल भट्टराई तथा रबि बुढाथोकीले तालिम प्रदान गरेका थिए भने यसको संयोजन सैयम बज्राचार्यले गरेका थिए ।

तालिम कार्यक्रमको सम्बन्धमा बोल्दै सन सेक्युरिटिज प्रा.लि.का कार्यकारी अध्यक्ष कृष्ण गिरीले नियमित रुपमा प्रत्येक शुक्रबार सन सेक्युरिटिज प्रा.लि.को कार्यालयमा यस्तै किसिमका लगानीकर्तालाई उपयोगी विषयवस्तु सहितको तालिम कार्यक्रम सञ्चालन गरिने बताए ।

यसैगरी सन सेक्युरिटिज प्रा.लि.को आयोजनामा स्किम्स कलेज, बालकुमारीमा समेत सेयर बजार सम्बन्धमा आधारभुत विषयहरु सहितको १ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्किम्स कलेजका ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK