Skip to content
LAXMI SUNRISE BANK

सुन्तलालाई राष्ट्रिय फलफुल घोषणा गर्ने सरकारको तयारी !

अर्थ सरोकार

काठमाडौँ । नेपाल सरकारले सुन्तलालाई राष्ट्रिय फलफुल घोषणा गर्ने तयारी गरेको छ । नेपालको संविधानमा राष्ट्रिय फूल (लाली गुराँस), राष्ट्रिय रंग (सिम्रिक), राष्ट्रिय जनावार (गाई), राष्ट्रिय पक्षी (डाँफे) उल्लेख गरिए पनि राष्ट्रिय कृषि उपज नभएको नभएको भन्दै सरकारले सुन्तलालाई राष्ट्रिय फलफुल घोषणा गर्ने तयारी गरेको हो ।

चलनचल्तीका आधारमा हालसम्म नेपालको राष्ट्रिय फलफुलका रुपमा ऐंसेलुलाई लिइँदै आएको भए पनि अब भने सरकारले सुन्तलालाई राष्ट्रिय फलफुल घोषणा गर्ने तयारी गरेको छ ।

राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक)ले अनुसन्धान गरी सुन्तलालाई राष्ट्रिय फल बनाउन गरेको प्रस्तावअनुसार नै सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारी गरेको बुझिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK