×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माघे संक्रान्ति नजिकिएसँगै तरुल र शखरखण्डको माग र मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

माघे संक्रान्ति नजिकिएसँगै तरुल र शखरखण्डको माग र मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

Artha Sarokar

२६ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बजारमा तरुल र शखरखण्डको माग र मूल्य बढेको छ । माघे संक्रान्ति नजिकिएसँगै तरुल र शखरखण्डको माग बढेको हो ।

कालिमाटी तरकारी बजार विकास समितिले दैनिक सार्वजनिक गर्ने मूल्यसूची अनुसार बिहीबार तरुलको मूल्य न्युनतम प्रतिकेजी ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म किनबेच भईरहेको छ । त्यस्तै, शखरखण्डको मुल्य पनि न्युनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ रहेको समितिले जनाएको छ ।

माघे संक्रान्तिमा तरुल र शखरखण्ड खाने प्रचलन रहेकाले पनि यसको माग बढेको व्यवसायीहरुले बताएका छन् । बजार विकास समितिले तरुल र शखरखण्डको मूल्य सार्वजनिक गरेको भएता पनि बजारमा बढी मूल्यमा बिक्री भईरहेको पनि पाईएको छ ।

माग १ गते अर्थात् माघे संक्रान्तिको दिन घ्यू, चाकु, तिलको लड्डु, भुजाको लड्डु, खिचडी, तरुल र शखरखण्ड खाने गरिन्छ । माघे संक्रान्तिलाई थारु र मगर जातिले विशेष पर्वका रुपमा मनाउने गर्छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी