काठमाडौँ । दुबईबाट भित्री वस्त्रमा सुन लुकाएर नेपाल ल्याउने श्रीलंकन महिला पक्राउ परेकी छिन् । गएराति १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४५ वर्षीया श्रीलंकन महिला कान्थामात्रे काभास्करलाई पक्राउ गरिएको हो ।
फ्लाई दुबईको एफजेड ५७३ नम्बरको विमानमार्फत नेपाल आएकी ती महिलाले भित्र वस्त्रभित्र लुकाइछिपाई अवैध सुन ल्याएको पाइएपछि पक्राउ गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका डिआईजी अर्जुन चन्दले जानकारी दिएका छन् ।
चन्दका अनुसार ती महिलाको साथबाट एक किलो ३०० ग्राम अवैध सुन बरामद गरिएको छ । हाल ती महिलामाथि थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्