काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा उच्च अदातल पाटनले ६ जनालाई धरौटीमा छोड्न आदेश दिएको छ । न्यायधीशद्वय धीरबहादुर चन्द र कृष्णराम कोइरालाको संयुक्त इजलासले ६ जना आरोपीलाई धरौटीमा छोड्न आदेश दिएको हो ।
अलादतको आदेशसँगै अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सारका अधिकृत गणेशप्रसाद पौडेल र नायब सुब्बा वीरेन्द्र नेपाली ५/५ लाख धरौटी तिरेर छुट्ने भएका छन् ।
त्यस्तै, भन्सार एजेन्ट यादव पराजुली र सुदर्शन गौतमलाई २ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ भने कार्गोका एजेन्ट पुष्करराज भट्ट र अर्का एकजनालाई एक–एक लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । ६१ किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रतिवेदनअनुसार जिल्ला अदालत काठमाडौँले २९ जनालाई दोषी देखाएको थियो ।
ती मध्ये एक जना जिल्ला अदालतबाटै धरौटीमा छुटिसकेका छन् । हाल उक्त प्रकरणमा संलग्न थप तीन जना भने अहिलेसम्म पनि फरार छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्