Skip to content
LAXMI SUNRISE BANK

६ महिनामा सरकारले ५१५ अर्ब रुपैयाँ राजस्व उठायो

अर्थ सरोकार

काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा सरकारले ५ सय १५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । पुष मसान्तसम्म सरकारले लिएको लक्ष्यको ७७ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो । यसअवधिमा सरकारले कुल ६ सय ६८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

अर्थ मन्त्रालयका अनुसार पुष महिनामा मात्रै सरकारले १ सय ३४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । जुन सरकारले लक्ष्य भन्दा ५४ अर्ब रुपैयाँ कम हो । पुष महिनामा सरकारले १ सय ८८ अर्ब रुपैयाँ राजस्व संकलन हुने लक्ष्य राखेको थियो ।

तर, चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा गत आर्थिक वर्षको तुलनामा १२ प्रतिशत बढी राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा कुल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

तर, चालु आर्थिक वर्षको हालसम्मको राजस्व संकलनको तथ्यांकअनुसार यो वर्ष पनि लक्ष्य अनुसारको राजस्व संकलन नुहने कन्फर्म देखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK