काठमाडौँ । बाग्लुङ-कुश्मालाई एड्भेन्चर हवको रुपमा स्थापित गरेको द क्लिफ नेपालको सेटअपमा भारतको केरलामा नयाँ बञ्जी सहितको एड्भेन्चर पार्क सञ्चालनमा आएको छ । यो सँगै क्लिफ अन्तरास्ट्रिय स्तरमा पहिलोपटक बन्जीको सेटअप तथा व्यवस्थापनमा सम्लग्न भएको छ ।
क्लिफका अध्यक्ष कार्की, बन्जी क्रू प्रशिक्षक प्रकाश प्रधान सहितको प्राबिधिक टोली सो परियोजनामा संलग्न रहेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । प्रधान पहिलो नेपाली बन्जी मास्टर समेत हुन् ।
केरालामा वाया नाडा कम्पनीले निर्माण गरेको बञ्जीजम्प तथा अन्य साहसिक गतिविधि स्काईवाक, स्विङ (पिङ), सुपरम्यान स्विङको सेटअप गर्नुका साथै प्राविधिक जनशक्ति द क्लिफमा उपलब्ध गराउने कार्कीको भनाइ छ ।
‘सो एक्टिभिटीजहरूको सेटअप र अपरेशन हामीले हेर्नेगरी सहमति भएको छ,’ अध्यक्ष कार्कीले भने । बञ्जीको सञ्चालनका लागि प्रशिक्षक तहका कर्मचारीहरू समेत भएकाले क्लिफसँग सहकार्य भएको बताइएको छ ।
भारतिय रुपैयाँ करिब ४० करोड लगानीमा निर्माण भएको बन्जी सहितको एड्भेन्चर पार्कमा रहेकी बन्जी पहिलो चरणमा क्रेनबाट सञ्चालन हुने बताइएको छ । ८० मिटर उचाइ रहेको यस बञ्जीको नाम क्रेन बञ्जी राखिएको छ ।
पछि अर्को संरचना तयार गरी बन्जी सञ्चालनमा आउनेछ। दोस्रो चरणमा सञ्चालनमा आउने बन्जीको उचाइ १६० मिटरको हुनेछ। सो निर्माणधिन बन्जी सम्पन्न हुँदा भारतको सबैभन्दा अग्लो बन्जी हुने अध्यक्ष कार्की बताउँछन् । यससँगै केरलाका अन्य तीन ठाउँमा पनि बन्जी सञ्चालन गर्ने क्लिफको तयारी छ ।
मुक्तिनाथ दर्शनका लागि केरलाबाट आउने तीर्थयात्रीले पर्वत र बाग्लुङ सीमामा द क्लिफद्वारा सञ्चालित बन्जी देखेपछि त्यहाँका व्यवसायीले चासो राखेका थिए। आफ्नो क्षेत्रमा पनि बन्जी सञ्चालन गर्न सकिने विषयमा त्यहाँका व्यवसायीले चासो राखेपछि क्लिफको टिम केरलामा सम्भाव्यता अध्ययनका लागि गएको थियो।
‘द क्लिफलाई नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा फैलाउने तयारी गरिरहेका बेला भारतीय लगानीकर्ताले राखेको प्रस्ताव स्वीकारेका हौं,’ अध्यक्ष कार्कीले भने, ‘भारतमा हाम्रो उपस्थिति मुलुककै लागि गर्वको विषय हो ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्