Skip to content
LAXMI SUNRISE BANK

बुधवार पनि सुनको मूल्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १०० रुपैयाँले बढेर १ लाख १८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन पनि १०० रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK