×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पार्सले र सेलेरीको मुल्यमा बढोत्तरी, बुधबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य (मूल्यसूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पार्सले र सेलेरीको मुल्यमा बढोत्तरी, बुधबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य (मूल्यसूचीसहित)

Artha Sarokar

१७ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज पार्सले र सेलेरीको मूल्य बढेको छ । पार्सले ८० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी ३०० रुपैयाँमा किनबेच भईरहेको छ भने सेलेरी ४० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी १२० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा न्युनतम ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ, भारतीय सानो गोलभेडा ३५ रुपैयाँ, गोलभेडा सानो (तराई)४५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु २८ रुपैयाँ, भारतीय रातो आलु २८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ६५ रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, तराईको गाजर २५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, बन्दा (नरिवल) २०, स्थानीय काउली ४० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ५० रुपैयाँ, काउली तराई ५० रुपैयाँ, रातो मुला १० रुपैयाँ, लोकल सेतो मुला १० रुपैयाँ, सेतो मूला(हाइब्रीड) १५ रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, मटरकोशा १०० रुपैयाँ, घ्यु सिमि लोकल ७० रुपैयाँ, घिउ सिमी (हाइब्रीड) ७० रुपैयाँ, घिउ सिमी (राजमा) १२०, टाटे सिमि ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तिते करेला १२०, लौका ७०, परवर (तराई) २५०, घिरौला ९०, फर्सी पाकेको ४५, हरियो फर्सी (लाम्चो) ७०, हरियो फर्सी (डल्लो) ७०, सलगम ७०, भिण्डी १२०, सखरखण्ड ७०, बरेला ६०, पिडालु ६०, स्कुस ४० रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ९० रुपैयाँ, चम्सुरको साग ९० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १२०, बकुला ७०, तरुल ६०, कन्य च्याउ १८०, डल्ले च्याउ ४००, ब्रोकाउली ८०, चुकन्दर ७०, सजीवन २२०, रातो बन्दा ५०, जिरीको साग ९०, सेलेरी १२०, पार्सले ३००, सौफको साग ९०, पुदिना ३५०, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्दुक २५०, अदुवा १८०, हरियो खुर्सानी ८०, सुकेको खुर्सानी ४८०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो९माछे० ७०, भेडे खुर्सानी ८०, हरियो लसुन १२०, हरियो धनिया १२०, चाइनिज सुकेको लसुन २६० छ्यापी सुकेको २८०, छ्यापी हरियो १२० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा ९दर्जन० १२०, कागती २००, अनार २८०, हरियो अंगुर १५०, कालो अंगुर २५०, नेपाली सुन्तला १२०, भारतीय सुन्तला ११०, हरियो तर्बुजा ६०, मौसम १४०, जुनार २४०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो १२०, हाइब्रिड काक्रो ६०, रुख कटहर १३०, निबुवा ५०, चाइनीज नासपाती २२०, नेपाली मेवा ७०, भारतीय मेवा ८०, अम्बा १००, लप्सी ७०, किनु ७०, किवी ३५०, अभोकाडो ३००, स्ट्रबेरी ३०० र अमला ७० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी