×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ !

PRIME CA
GLOBAL IME BANK

राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ !

२० पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपालको पहिलो राइड सेयररिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । उनलाई रकम हिनामिना गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय काठमाडौँ टेकुको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका भट्टमाथि टुटल बेचेको एक करोड रुपैयाँ हिनामिना गरेको अरोप लागेको छ । राइड सेयररिङ एप टुटल बेचेर आएको रकम संस्थाका अन्य साझेदारलाई नदिई आफैँ चलाएको भन्दै संस्थाका साझेदारले प्रहरीमा उजुरी दिएपछि भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भट्टले टुटल कम्पनी एक करोड रुपैयाँमा बिक्री गरेको र सोबापत आएको रकम आफू एक्लैले चलाएको उजुरीमा उल्लेख छ । उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टुटल नेपालमा राइड सेयरिङ भित्र्याउने पहिलो कम्पनी हो । हाल पठाओ र इन्ड्राइभ एप सञ्चालनमा रहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: