Skip to content
LAXMI SUNRISE BANK

आहा ! आज ‘टोपी दिवस’… (फोटो-कथा)

अर्थ सरोकार

काठमाडौं। काठमाडौंमा विभिन्न कार्यक्रम गरी टोपी दिवस मनाइएको छ । ‘नेपाली टोपी: नेपाली पहिचान’ भन्ने मूल नाराका साथ सोमबार जागरुक युवा अभियान नेपालले बसन्तपुरमा कार्यक्रमको आयोजना गरी टोपी दिवस मनाएको हो ।

सदियौंदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउने गरिएको जागरुक युवा अभियान नेपालले जनाएको छ।

टोपीलाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न संस्थाले सरकारसँग जोडदार माग गरेको छ । नेपाल बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले यहाँ थुप्रै जातीय टोपीहरु पनि छन् । त्यसैले ती टोपीहरुको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन पनि सरकारसँग जगारुक युवा अभियान नेपालले माग गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK