×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चोरिएका १७ वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीद्वारा फिर्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

चोरिएका १७ वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीद्वारा फिर्ता

Artha Sarokar

१० माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका १७ वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ । बुधबार ट्राफिक प्रहरी उपरीक्षक सन्तोष आचार्यले १४ वटा मोटरसाइकल र ३ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका जोरपाटी, काँडाघारी, बालाजु, स्वयम्भु, पानीपोखरी,मालीगाउँ, चाल्नाखेल फर्पिङ र रामशाहपथ लगायतका स्थानमा दुईपाङग्रे सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कार्यालयमा प्राप्‍त निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका २ सय २० वटा सवारी साधन चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ ।

त्यस्तै, अवैध रुपमा नेपाल भित्रिएका १२ वटा सवारी साधन भन्सार कार्यालयमा बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताएका छन् । भट्टका अनुसार चालु आर्थिक वर्षको हालसम्म चोरीका १६ वटा २ पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न १९ जना व्यक्तिलाई कारवाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

साथै सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने पनि ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी