काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरिएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले सोमबार दोस्रो पटक दरखास्त आह्वान गरेको हो । यसअघि आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारिमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गनुपर्ने लगायत विभिन्न मापदण्ड तोकिएको थियो ।
यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुुलपति पुष्पकमल दाहाल (प्रचण्ड)ले विज्ञापनमा कसैलाई पनि बन्देज नहुनेगरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनपछि समितिले यसअघिको सूचना रद्द गरेर दोस्रो पटक दरखास्त आह्वान गरेको हो । योग्य र इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्