×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माघ १५ गतेदेखि त्रिविका सबै सेवा अनलाइनबाटै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

माघ १५ गतेदेखि त्रिविका सबै सेवा अनलाइनबाटै !

Artha Sarokar

३ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । माघ १५ गतेदेखि त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने भएको छ । एक सूचना जारी गर्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले ट्रान्सकृप्ट, प्रोभिजनल सर्टिफिकेट, रिटोटलिङ, प्रतिलिपि र करेक्सन सेवा अनलाईनबाट दिने जनाएको हो ।

त्रिवि केन्द्रीय परीक्षा संचालक समितिको मंगलबार बसेको बैठकले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरुद्वारा दिइने सेवाहरु अनलाइनबाट ई–पेमेन्टको सुविधा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।

अनलाइनबाट दिइने सेवा तथा सुविधाको बारेमा माघ १० गते सबै जानकारी www.tuexam.edu.np मा सार्वजनिक गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी