Skip to content
LAXMI SUNRISE BANK

युनिक नेपाल लघुवित्तको साधारणसभा सम्पन्न

अर्थ सरोकार

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको छ ।

सभाले भविष्यमा कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित गर्ने कार्यकोलागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । त्यस्तै संचालक समितिमा सर्वसाधारण सेयरधनीबाट कोहपुर बाँकेका जागेश्वर प्रसाद चौधरीलाई सर्वसम्मतिबाट चयन गरेको छ ।

सभामा संस्थापक सेयरधनीहरुले राखेका जिज्ञासालाई सभाध्यक्ष शिव बहादुर चौधरी र कार्यकारी निर्देशक डा.गोपाल दहितले स्पष्ट परेका थिए । पाँचौ साधारणसभामा ६२ प्रतिशत सेयरधनीहरुको उपस्थिति रहेको थियो । सभा युनिक वित्तीय संस्थाका अध्यक्ष शिव बहादुर चौधरीको सभाध्यक्षतामा भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK