×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुदिनाको मूल्य बढ्यो, यस्तो छ बुधबार तरकारी तथा फलफूलको मूल्य (मूल्यसूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL

पुदिनाको मूल्य बढ्यो, यस्तो छ बुधबार तरकारी तथा फलफूलको मूल्य (मूल्यसूचीसहित)

१८ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज पुदिनाको मूल्य बढेको छ । पुदिनाको मूल्य ५० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी ३५० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा न्युनतम ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ, टनेलको सानो गोलभेडा १४ रुपैयाँ, गोलभेडा सानो (तराई) २० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३४ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ९० रुपैयाँ, चाइनिज सुकेको प्याज ६० रुपैयाँ, लोकल गाजर ४० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ३० रुपैयाँ, रातो मुला १० रुपैयाँ, सेतो मुला लोकल १० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४० रुपैयाँ, तने बोडी ११० रुपैयाँ, मकै बोडी ६० , मटरकोशा ६० रुपैयाँ, घ्यु सिमि लोकल ३० रुपैयाँ, राजमा १५० रुपैयाँ, टाटे सिमि ३० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तिते करेला ९०, लौका ६०, परवल ९०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) २०, हरियो फर्सी (डल्लो) ३०, सलगम ७०, भिण्डी ९०, सखरखण्ड ६०, बरेला ३०, पिडालु ५०, स्कुस १० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ३० रुपैयाँ, पालुंगो ९० रुपैयाँ, चम्सुरको साग ९० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, मेथीको साग ९० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ९०, बकुला ७०, तरुल ६०, कन्य च्याउ १३०, डल्ले च्याउ ३००, ब्रोकाउली ४०, चुकन्दर ७०, रातो बन्दा १२०, जिरीको साग ९०, सेलेरी १२०, पार्सले ३५०, सौफको साग ९०, पुदिना ३५०, गान्टे मुला ७०, तामा ९०, तोफु १२०, अदुवा १४०, हरियो खुर्सानी ८०, सुकेको खुर्सानी ४८०, हरियो अकबरे खुर्सानी ४००, हरियो लसुन १२०, हरियो धनिया ९०, चाइनिज सुकेको लसुन २५०, नेपाली सुकेको लसुन २६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती १२०, अनार ३००, हरियो अंगुर २२०, कालो अंगुर ३२०, सुन्तला १२०, हरियो तर्बुजा ६०, मौसम १४०, जुनार २००, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ८०, हाइब्रिड काक्रो २५, रुख कटहर १२०, निबुवा ४०, चाइनीज नासपाती २२०, नेपाली मेवा ६०, भारतीय मेवा ७०, अम्बा १००, लप्सी ७०, किनु १२०, किवी २५०, शरिफा २५०, अभोकाडो २५०, स्ट्रबेरी ४००, अमला ७० र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी