×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिण्डीको मूल्य घट्यो, यस्तो छ बिहीबार अन्य तरकारी तथा फलफूलको मूल्य (मूल्यसूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL

भिण्डीको मूल्य घट्यो, यस्तो छ बिहीबार अन्य तरकारी तथा फलफूलको मूल्य (मूल्यसूचीसहित)

२६ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज भिण्डीको मूल्य घटेको छ । भिण्डीको मूल्य ३० रुपैयाँले घटेर न्युनतम प्रतिकेजी ८० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा न्युनतम ४० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा १० रुपैयाँ, टनेलको सानो गोलभेडा १५ रुपैयाँ, गोलभेडा सानो (तराई) २० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३३ रुपैयाँ, भारतीय रातो आलु २९ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ८० रुपैयाँ, चाइनिज सुकेको प्याज ६० रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, रातो मुला १० रुपैयाँ, सेतो मुला लोकल १० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५० रुपैयाँ, मकै बोडी ६० , मटरकोशा ६० रुपैयाँ, घ्यु सिमि लोकल ४० रुपैयाँ, राजमा ७० रुपैयाँ, टाटे सिमि ३० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तिते करेला १३०, लौका ६०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ५०, हरियो फर्सी (डल्लो) ४०, सलगम ७०, भिण्डी ८०, सखरखण्ड ६०, बरेला ३०, पिडालु ५० रुपैयाँ स्कुस ६० रहेको छ । त्यस्तै, रायो साग ३० रुपैयाँ, पालुंगो ८० रुपैयाँ, चम्सुरको साग ८० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, मेथीको साग ८० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ९०, बकुला ६०, तरुल ६०, कन्य च्याउ १४०, डल्ले च्याउ ३५०, ब्रोकाउली ५०, चुकन्दर ७०, रातो बन्दा १००, जिरीको साग ८०, सेलेरी १२०, पार्सले २५०, सौफको साग ८०, पुदिना २५०, गान्टे मुला ७०, तामा ९०, तोफु १२०, अदुवा १५०, हरियो खुर्सानी ६०, सुकेको खुर्सानी ४८०, हरियो लसुन ९०, हरियो धनिया ९०, चाइनिज सुकेको लसुन २५०, नेपाली सुकेको लसुन २६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती १२०, अनार २५०, हरियो अंगुर २२०, कालो अंगुर ३२०, सुन्तला ११०, हरियो तर्बुजा ६०, मौसम १२०, जुनार २००, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ११०, हाइब्रिड काक्रो ३०, रुख कटहर ११०, निबुवा ४०, चाइनीज नासपाती २२०, नेपाली मेवा ६०, भारतीय मेवा ७०, अम्बा १००, लप्सी ६०, किनु १२०, किवी ३००, शरिफा २५०, अभोकाडो २५०, स्ट्रबेरी ४००, अमला ८० र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी