काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज रायो सागको मूल्य बढेको छ । रायोको मूल्य २० रुपैयाँले बढेर न्युनतम ५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
नेपाली ठुलो गोलभेडा न्युनतम ४० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ५५ रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, टनेलको सानो गोलभेडा २० रुपैयाँ, गोलभेडा सानो (तराई) २० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३४ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ८० रुपैयाँ, चाइनिज सुकेको प्याज ६० रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ५० रुपैयाँ, रातो मुला १० रुपैयाँ, सेतो मुला लोकल १० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ४० रुपैयाँ, मटरकोशा ८० रुपैयाँ, घ्यु सिमि लोकल ५० रुपैयाँ, राजमा ६० रुपैयाँ, टाटे सिमि ५० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तिते करेला १२०, लौका ६०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ४०, हरियो फर्सी (डल्लो) ४०, सलगम ७०, भिण्डी ९०, सखरखण्ड ७०, बरेला ३०, पिडालु ७० रुपैयाँ स्कुस ४० रहेको छ । त्यस्तै, रायो साग ५० रुपैयाँ, पालुंगो १२० रुपैयाँ, चम्सुरको साग १२० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, मेथीको साग १२० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज १२०, बकुला ७०, तरुल ५०, कन्य च्याउ १३०, डल्ले च्याउ ३००, ब्रोकाउली ५०, चुकन्दर ७०, सजीवन २५०, रातो बन्दा १००, जिरीको साग ८०, सेलेरी १५०, पार्सले ३००, सौफको साग १२०, पुदिना ३००, गान्टे मुला ७०, तामा ९०, तोफु १२०, अदुवा १५०, हरियो खुर्सानी ८०, सुकेको खुर्सानी ४८०, हरियो लसुन १२०, हरियो धनिया १५०, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती १२०, अनार २५०, हरियो अंगुर २२०, कालो अंगुर ३२०, सुन्तला १२०, हरियो तर्बुजा ६०, मौसम १२०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, हाइब्रिड काक्रो ४०, रुख कटहर ११०, निबुवा ४०, चाइनीज नासपाती २२०, नेपाली मेवा ६०, भारतीय मेवा ७०, अम्बा ११०, लप्सी ६०, किनु १२०, किवी ३००, शरिफा २५०, अभोकाडो २५०, स्ट्रबेरी ४००, अमला ७० र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्