काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज अदुवाको मूल्य बढेको छ । अदुवाको मूल्य २० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी १७० रुपैयाँमा किनबेच भईरहेको छ । त्यस्तै, अन्य तरकारी तथा फलफूलको मूल्यमा भने सामान्य घटबढ भएको छ ।
नेपाली ठुलो गोलभेडा न्युनतम ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, टनेलको सानो गोलभेडा २५ रुपैयाँ, गोलभेडा सानो (तराई) २५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३३ रुपैयाँ, भारतीय रातो आलु २८ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ७५ रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ५० रुपैयाँ, रातो मुला १५ रुपैयाँ, सेतो मुला लोकल १० रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, भान्टा (डल्लो) ६० रुपैयाँ, मटरकोशा ९० रुपैयाँ, घ्यु सिमि लोकल ४० रुपैयाँ, राजमा १२०, टाटे सिमि ५० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तिते करेला १२०, लौका ६०, परवर ३५०, घिरौला ६०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) ५०, हरियो फर्सी (डल्लो) ६०, सलगम ७०, भिण्डी ११०, सखरखण्ड ७०, बरेला ४०, पिडालु ६० रुपैयाँ स्कुस ४० रहेको छ । त्यस्तै, रायो साग ३० रुपैयाँ, पालुंगो ९० रुपैयाँ, चम्सुरको साग ९० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, मेथीको साग ९० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ९०, बकुला ६०, तरुल ७०, कन्य च्याउ १२०, डल्ले च्याउ ३३०, ब्रोकाउली ७०, चुकन्दर ७०, सजीवन १८०, रातो बन्दा ६०, जिरीको साग ८०, सेलेरी १००, पार्सले २२०, सौफको साग ९०, पुदिना २८०, गान्टे मुला ७०, तामा ९०, तोफु १२०, अदुवा १७०, हरियो खुर्सानी ६०, सुकेको खुर्सानी ४८०, हरियो लसुन १००, हरियो धनिया ९०, चाइनिज सुकेको लसुन २५०, नेपाली सुकेको लसुन २६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३००, केरा (दर्जन) १२०, कागती २००, अनार २५०, हरियो अंगुर १८०, कालो अंगुर २८०, सुन्तला १२०, हरियो तर्बुजा ६०, मौसम १३०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो १३०, हाइब्रिड काक्रो ४०, रुख कटहर १००, निबुवा ५०, चाइनीज नासपाती १२०, नेपाली मेवा ६०, भारतीय मेवा ७०, अम्बा १५०, लप्सी ७०, किनु ९०, किवी ३००, शरिफा २५०, अभोकाडो २५०, स्ट्रबेरी ३००, अमला ८० र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।